
३० चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब विकास र समृद्धिको विषयमा बहस गर्ने समय आएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् विचार व्यक्त गर्दै महासचिव पोखरेलले प्रतिगमनका हर्कत शिथिल भएको तथा सरकारले आन्दोलनरत शिक्षकहरूसँग वार्ता सुरु गरिसकेकाले अब विकास र समृद्धिको विषयमा बहस गर्ने समय आएको बताएका हुन् ।
‘यतिबेला प्रतिगमनको हर्कत पनि सिथिल भएको छ । आन्दोलनरत शिक्षकहरूसँग वार्ता सुरुभएको छ । अब समय भएको छ, विकास र समृद्धिको विषयमा बहस गर्ने,’ बहस शृंखला सुरु गरेको जानकारी दिँदै उनले भनेका छन् ।
महासचिव पोखरेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता पहिचान गर्ने र सरकारलाई सुझाव दिने गरी छलफल आह्वान गर्दै सुभाव दिन आग्रह गरेका छन् ।
बहस शृंखलाअन्तगृत उनले शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न विकल्पमा सुझावसमेत मागेका छन् ।
विद्यमान शिक्षा प्रणालीका मुख्य समस्या के हुन् भन्दै सोधेका पोखरेलले विद्यमान शिक्षा प्रणालीमा सुधार कसरी गर्ने भन्ने सुझाव मागेका छन् ।
प्रतिक्रिया 4