
३० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यमान ट्रान्सक्रिप्टलाई एकरुपता ल्याउन सिफारिस गरिएको छ । त्रिविले ट्रान्सक्रिप्टलाई एकरुपता बनाउन समिति बनाएको थियो । उक्त समितिले आफ्नो प्रतिवेदन रजिस्ट्रार प्राडा केदारप्रसाद रिजाललाई बुझाएको छ ।
त्रिविका ४०१ कार्यक्रमका ३६ वटा ट्रान्सक्रिप्टलाई जम्मा ६ वटा मोडलमा एकरूपता दिने र ग्रेडिङ प्रणालीमा पनि एकरूपता ल्याउने प्रस्ताव प्रस्तुत गरिएको समितिका सदस्य डा. जीवन काफ्लेले बताए ।
समितिबाट प्रतिवेदन त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रारज्यू तथा परीक्षा नियन्त्रण ज्यूलाई पेश गरिएको छ । ‘प्रतिवेदनमा हालका ट्रान्सक्रिप्टहरूलाई एकरूपता दिन सुझाव दिएका छौं,’ उनले भने ।
समितिको संयोजकमा महेश राज ओझा, सदस्यहरू. डा. जीवन काफ्ले, रोमकान्त पाण्डे, डा. तारा प्रसाद अधिकारी, नविन्द्र प्रसाद भण्डारी र सदस्य सचिव दीपक बहादुर शाही थिए ।
प्रतिक्रिया 4