
३० चैत, काठमाडौं । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया छात्रावास’ को १५औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आश्रमले गरिरहेका कामको प्रशंसा गरे ।
जनजाति समुदायमा अपार सम्भावना भए तापनि विकासको मूलधारमा पछाडि परिरहेको उल्लेख गर्दै उनले अबको दिनमा पनि यस्ता कार्य जारी राख्न आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी भारतीय सांसद तथा लोकप्रिय कलाकार अरुण गोविल सहभागी थिए ।
टेलिशृङ्खला रामायणका अभिनेता समते रहेका गोविलले उक्त अभियानसँग जोडिन आग्रह गरे ।
भारतीय प्रधानमन्त्री मोदीको सिद्धान्त र व्यवहार नै कल्याण आश्रमको कार्यमा साक्षात्कार गर्न पाएको उनले बताए ।
कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सहप्रचारक रेवित कुमारले जनजाति समुदाय धर्मान्तरणका लागि सबैभन्दा सजिलो लक्ष्य भएकाले विधर्मीहरू यस क्षेत्रमा सक्रिय रहेको जानकारी गराए ।
प्रतिक्रिया 4