+
+
Shares

वीरगञ्ज झडप : एसपीसहित १७ प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते २०:५४

३० चैत, काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई धार्मिक समूहबीच भएको झडपमा परेर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् ।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो ।

झडपपछि अहिले साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कर्फ्यु लगाइएको छ ।

उक्त झडपमा परेर १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरीका ८ र प्रदर्शनकारी १२ जना घाइते भएका छन् । नेपाल प्रहरीले ७० र सशस्त्र प्रहरीले ७५ राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।

प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप भएको बताइएको छ ।

यता प्रहरीले भने अत्याधिक संयमता अपनाएकाले ठुलो क्षति हुनबाट जोगिएको बताएको छ ।

अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिरि निकालेर आगजनी भएको प्रहरीले जनाएको छ ।

अवस्था असामान्य बन्दै गएपछि करिब ६ बजेर १० मिनेटमा प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो ।

भोलि (आइतबार) १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?