
३० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजामा न्यून संख्यामा उत्तीर्ण भएका छन् ।
त्रिवि सेवा आयोगले सार्वजनिक गरेको नतिजामा मागको भन्दा कम संख्यामा उत्तीर्ण भएको पाइएको हो । कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विषयहरुको लिखित परीक्षामा न्यून उत्तीर्ण भएका हुन् ।
‘न्यून संख्या अर्थात् कोटा भन्दा कम पास भएका छन् । चार वर्षपहिलेको पाठ्यक्रम र निर्देशिकाको कारण कोटा अनुसारको पास हुने अवस्था भएन । परीक्षा लोकसेवाले लिएको हो,’ त्रिवि सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराईले भने, ‘सुधार गर्न पाठ्यक्रम परिमार्जन गरिसकेका छौं ।’
प्रतिक्रिया 4