+

आईपीएलमा आज पनि दुई खेल हुँदै

२०८१ चैत  ३१ गते ८:२७ २०८१ चैत ३१ गते ८:२७
आईपीएलमा आज पनि दुई खेल हुँदै

३१ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै छ । दिउँसो र बेलुका गरी दुई खेल‌‌ हुनेछ ।

पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । खेल जयपुरस्थिर सवाइ‌ मानसिंह स्टेडियममा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

राजस्थान ५ खेलमा २ जित मात्र निकालेर अंकतालिकामा सातौं स्थानमा छ भने ५ खेलमा ३ जित निकालको बेंगलरु पाँचौं स्थानमा छ ।

त्यस्तै बेलुका हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन् । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

दिल्ली हालसम्म ४ खेल खेल्दा अपराजित छ र  अंकसहित अंकितालिकामा शीर्ष स्थानमा छ । मुम्बई भने ५ खेलमा १ जित मात्र निकालेर अंकतालिकामा नवौं स्थानमा छ ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय