+

यू-१९ विश्वकप छनोट : नेपाल र यूएईबीचको खेलमा टस हुन सकेन

२०८१ चैत  ३१ गते १०:११ २०८१ चैत ३१ गते १०:११
यू-१९ विश्वकप छनोट : नेपाल र यूएईबीचको खेलमा टस हुन सकेन

३१ चैत, काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र यूएईबीचको खेलको टसमा ढिलाई भएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा ९ बजे टस भएर साढे ९ मा सुरु हुनुपर्ने खेलमा १० बजिसक्दा पनि टस भएको छैन ।

पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानको केही भाग अझै पनि सुकिसकेको छैन । त्यसकारण आउटफिल्ड पूर्णरूपमा तयार हुन सकेको छैन ।

टस ढिलाइ भएसँगै केही ओभर पनि घट्ने पक्का भएको छ ।

नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

आईसीसी यु-१९ विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय