+
यु-१९ विश्वकप एसिया छनोट :

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

२०८१ चैत  ३१ गते ११:२२ २०८१ चैत ३१ गते ११:२२
नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

३१ चैत, काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो ।

खेल ४० ओभरमा घटाइएको छ ।

नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

नेपालको टोली : नरेन भट्ट (कप्तान), निरज यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन बिक, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव

नेपाली क्रिकेट यु-१९ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय