+
+
Shares

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १२:०३

३१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ खिच्न लागेको छ ।

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको छ । सोही क्रममा आज पनि ३० अर्ब खिच्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज ३ बजे अनलाइन बोलकबोल गर्न सक्ने उल्लेख छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । यसको साँवा तथा ब्याज भुक्तानी आगामी २१ वैशाखमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?