
काठमाडौं । मोडल स्मृति श्रेष्ठ ‘मिस नेपाल २०२५’मा छनोट हुने पहिलो प्रतिस्पर्धी बनेकी छन् । ‘द हिडन ट्रेजर’ले शनिबार आयोजित ‘डिजाइनर अफ द इयर’को फिनाले समारोहमा उनलाई फाइनलिस्टको रुपमा चिनाएको हो ।
२० जना मोडललाई उछिन्दै रामेछापको मन्थलीकी स्मृति यसवर्षको मिस नेपालमा प्रवेश गर्ने पहिलो प्रतिस्पर्धी घोषित भएकी हुन् । हिडन ट्रेजरले उनलाई उत्कृष्ट मोडल समेत घोषणा गरेको छ ।
५ वर्षदेखि मोडलिङ करिअर अघि बढाइरहेकी स्मृति यतिबेला बीबीए तहमा स्नातक चौंथो वर्षकी विद्यार्थी हुन् । ‘मिस नेपाल सानैदेखिको सपना थियो । निकै मिहेनत गरेर आवेदन दिएकी थिएँ । छनोट भएपछि अझै धेरै मिहेनत गर्नुछ’ मिस नेपालमा छनोट भएपछि अनलाइनखबरसँग उनले भनिन्।
आजदेखि नै मिस नेपालको लागि मानसिकरुपमा तयारी गर्ने उनले बताइन् । आनन्द ढंगले जीवन बाँच्ने र उपलब्धि हासिल गर्ने उनको जीवनको सपना छ ।
प्रतिक्रिया 4