
३१ चैत, काठमाडौं । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा शिक्षक महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत गरेको छ ।
सरकार र महासंघबीच बिहीबारदेखि लगातार संवाद भइरहेको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुली मन्त्रिपिरषद् र मन्त्रालयले शिक्षकका सेवा सुविधाका विषयमा निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने बताउँछिन् ।
शनिबार शिक्षा मन्त्रालयको टोलीसँगको संवादपछि सहअध्यक्ष पराजुलीले भनिन्, ‘क्याबिनेटले गर्ने निर्णय कुरा उहाँहरूको रहयो । विधेयकको काम रफ्तारमा गएको भन्नुभएको छ । ऐन जारी गर्ने सुनिश्चितता भयो भने आन्दोलनको मोडालिटी चेन्ज हुन सक्छ । तर मैले मात्र भनेर हुँदैन,’ उनले भनिन्, ‘ऐन जारी गर्ने सुनिश्चतता भएन भने आन्दोलन रोकिँदैन ।’
सरकारसँग लगातार भइरहेको संवाद सकारात्मक भइरहेको तर निष्कर्षमा पुग्न नसकेको उनले बताइन् ।
शिक्षा मन्त्रालय र अर्थमन्त्रालयबीच छलफल सकिएपछि आज शिक्षक र सरकारबीच संवाद हुने भनिएको छ । शिक्षकका सेवा सुविधाका विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले निर्णय गर्दा हुने विषय छ ।
यसपछि ऐन निर्माणमा मात्र दबाब दिने योजना शिक्षकहरूको छ । शिक्षक महासंघले विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन जारी गर्ने सुनिश्चतता खोजिरहेका छन् ।
२० चैतदेखि देशभरका शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया 4