+

कप्तान नरेनको अर्धशतकमा यूएईलाई २०१ रनको लक्ष्य

२०८१ चैत  ३१ गते १४:४६ २०८१ चैत ३१ गते १४:४६
कप्तान नरेनको अर्धशतकमा यूएईलाई २०१ रनको लक्ष्य

३१ चैत, काठमाडौं । कप्तान नरेन भट्टको अर्धशतकमा नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा यूएईलाई २०१ रनको लक्ष्य दिएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा वेट आउटफिल्डका कारण ढिला सुरु भएर ४० ओभरमा घटाइएको खेलमा नेपालले ९ विकेट गुमाएर २०० रन बनायो ।

कप्तान नरेनले ६७ रन बनाए । ७५ बल खेलेका उनले ७ चौका प्रहार गरे । दिलसाद अलीले ३४ तथा साहिल पटेलले ३२ रन बनाए ।

यूएईका उदिस सुरीले ८ ओभरमा २६ रन दिएर ३ विकेट लिए । युग शर्मा र शालोम डिसुजाले २(२ तथा अलीअस्घर शुम्स र करण धिमानले १-१ विकेट लिए ।

आजै माथिल्लो मुलपानीमा भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई हराएर विजयी सुरुवात गरिसकेको छ ।

नेपाल यूएई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय