
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजन अन्तिम ८ मा प्रवेश गरेको छ । पछिल्लो सप्ताहन्तको एपिसोडमा कोच उदय सोताङको टिमबाट सुजन खड्का र कोच मेलिना राईको टिमबाट विकास थारु बाहिरिएपछि प्रतिस्पर्धा झनै कसिलो बनेको छ ।
अहिले उत्कृष्ट ८ मा कोच राजु लामाको टिमबाट विराट तामाङ र प्रेमश राई, कोच मेलिनाको टिमबाट रोशन राई र सार्थक लामा, कोच खेम सेन्चुरीको टिमबाट इन्द्रकला राई र प्रोसेस पाण्डे, कोच उदयको टिमबाट अर्पणा आचार्य र दावा लामा छन् ।
प्रतियोगिताबाट बाहिरिए पनि विकास रित्तै हात घर फर्किनुपरेन । चारैजना कोचले आ-आफ्नो तर्फबाट ५०/५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उत्कृष्ट १२ मा पुगेका हरेक ट्यालेन्टले आ–आफ्नो तर्फबाट विकासलाई १०/१० हजार रुपैयाँ सहयोग गर्ने वाचा गरेका छन् ।
‘द भ्वाइस’कै प्रतिस्पर्धी दावा लामाले विकासको लागिग एउटा गीत तयार पार्ने प्रतिबद्धता जनाएका छन् । ‘द भ्वाइस अफ नेपाल’ हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4