+
+
Shares

मान्छेले कसरी र कहिलेबाट बियर पिउन थाले ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १५:१२

तपाईं बियरको पारखी हुनुहुन्छ र अक्सर चिसो बियर पिएर आनन्द लिनुहुन्छ । के तपाईंले कहिल्यै आँखा चिम्लेर यसो सोच्नुभएको छ, यो धर्तीमा दैनिक कति बियर पिउने गरिन्छ ?

५२ करोड लिटर प्रतिदिन । जवाफ सुनेर तपाईंले जिब्रो टोक्नुहुन्छ ।

ठ्याक्कै तथ्यांक त छैन । तर, वार्षिक कारोबारको आँकडालाई हेरेर तयार गरिएका थुप्रै रिपोर्टको एउटै निचोड छ, एक दिनमै करोडौं लिटर बियर पिउने गरिएको छ । यसको सोझो हिसाब के भने, यहाँ बियर पिउनेको संख्या कम्ता छैन ।

अर्को रोचक कुरा, जतिबेला बियरको प्रचलन सुरु हुँदै थियो त्यसबेला मान्छेले पानीभन्दा बियर पिउनु बढी स्वस्थ्यवर्द्धक मान्थे । किनभने पानीबाट विभिन्न संक्रमणको जोखिम हुन्थ्यो भने बियरमा त्यस्तो समस्या हुँदैनथ्यो ।

घतलाग्दो कुरा भनिहालौँ, बियर कसैको जुक्तिले तयार भएको नभई संयोगवस् भएको विश्वास गरिन्छ । प्राचीन मानवले जौ वा गहुँलाई भिजाएर राख्दा पानी र प्राकृतिक यिस्टको
संयोजनले फर्मेन्टेशन प्रक्रिया भयो । यो प्रक्रियाकाले अन्नको स्टार्चलाई चिनी र चिनीलाई रक्सीमा परिणत गर्‍यो ।

सुरुमा यो पेय भोक मेट्नका लागि मान्छेहरूले खान थाले । तर, यसको मादक प्रभाव थाहा पाएपछि यसले विशेष पेयको दर्जा पायो ।

‘दिव्य पेय’

विभिन्न खोजहरूले के देखाएको छ भने, १२ हजार वर्षअघि नै बियर तयार भएको थियो, जतिबेला मान्छेले खेतीपाती सुरु गरेका थिए । पुरातात्विक प्रमाणहरूले बियरको उत्पति मेसोपोटायिमबाट भएको हुनसक्ने संकेत गर्छ । यो हालको इराक क्षेत्र हो ।

मेसोपोटामियाको सुमेरियन सभ्यतामा बियरलाई ‘दिव्य पेय’ मानिन्थ्यो । उनीहरूले यसलाई ‘कास’ भनी सम्बोधन गर्थे र यो उनीहरूको दैनिक जीवनको हिस्सा थियो ।

मेसोपोटामियापछि बियरको प्रयोग प्राचीन इजिप्टमा भएको पाइन्छ । लगभग ४ हजार ईसापूर्वमा इजिप्टवासीले जौबाट बियर बनाउन सिके । उनीहरूले यसलाई ‘हेक्ट’ भन्थे । त्यस समयमा राजादेखि रैतीसम्म यो पेय प्रिय थियो ।

रमाइलो कुरा, त्यसबेला इजिप्टमा बियर कतिसम्म लोकप्रिय थियो भने मजदुरहरूले तलबको रुपमा पनि बियर नै पाउँथे । किनभने यसलाई पौष्टिक र स्वस्थवर्द्धक पेय मान्थे।

उत्तरी छिमेकी चीनमा पनि बियरको इतिहास धेरै पुरानो छ । त्यहाँको पुरातात्विक स्थलहरूमा चामल, मह र फलफूलको फर्मेन्टेशन भई बनेको पेयको अवशेष भेटिएका छन् । ती प्रमाणहरूले देखाउँछ, बियर यो धर्तीको कुनै एक विशेष ठाउँमा उत्पति भएको थिएन। बरु विभिन्न सभ्यताहरूले आफ्नै तरिकाले यो पेय विकास गरे ।

जस्तो युरोपमा पनि ५ हजार ईसापूर्वदेखि बियर बनाउन थालेको प्रमाणहरू फेला परेको छन् । जर्मनीको एक गुफामा फेला परेको माटोको भाँडामा जौको बियरको अवशेष
भेटिएको छ । यी सबै तथ्यले बियरको उत्पति र प्रयोग मानव सभ्यताको प्रारम्भिक चरणसँग जोडिएको देखाउँछ ।

मान्छेले कहिलेबाट बियर पिउन सुरु गरे ?

यसको ठ्याक्कै जवाफ नपाएपनि मान्छेले सदियौंअघि यस पेयको स्वाद लिएको पाइन्छ । शिकार छाडेर मान्छेहरू जतिबेला खेतीपाती सुरु गर्दै थिए, त्यही बेलादेखि बियरको प्रचलन सुरु भएको मानिन्छ ।

प्राचीन समाजमा मान्छले भिजेको अन्नलाई पकाउन वा सुकाउनु अघि फर्मेन्टेशन भएको अवस्थामा भेटाउँदा यसको स्वाद र प्रभाव थाहा पाए । भनिन्छ, सुमेरियन सभ्यताको एक माटोको किबतामा बियर बनाउने विधि र यसको प्रयोगबारे वर्णन छ । यो १८०० ईसापूर्वको कुरा हो । उक्त किताबमा २० भन्दा बढी प्रकारका बियरबारे उल्लेख छ । यसले के देखाउँछ भने त्यो समयमा नै बियरको विविधता र लोकप्रियता कति थियो ।

बियर संयोगले तयार भएको पेय थियो । जौ वा गहुँलाई भिजाएर राख्दा हुने फर्मेन्टेशनबाट बियर बन्ने प्रक्रियालाई मान्छेले अवलोकन गरे । अनि नियन्त्रित रुपमा बनाउन सिके । प्राचीन सभ्यतामा बियर बनाउन माटोको भाँडो प्रयोग गरेको पाइन्छ । प्राकृतिक तरिकाले बियर बनाउने र पिउने गरिन्थ्यो ।

सुमेरियनहरूले बियर बनाउन ‘ब्रेड बियर’ विधि प्रयोग गर्थे । उनीहरूले जौको रोटी बनाउथे । त्यसलाई पानीमा भिजाएर फमेन्टेशन गराउथे । यस्तो पेय गाढा र कम अल्कोहल भएको हुन्थ्यो । इजिप्टमा भने बियरलाई पातलो बनाएर पिउने चलन थियो ।

युरोपमा प्राचिन जनजातिहरूले जौको साथै जंगली जडीबुटी र मह मिसाएर बियर पिउथे ।

बियर क्रमस सामाजिक पेय बन्यो । आगन्तुकलाई सत्कार गर्दा वा जमघटमा पिउने पेय बन्यो । खासमा यो पेय आदिम समाजको सामाजिकरण, विश्वास, सम्पनता र ‘महिला शसक्तिकरण’सँग जोडिन्छ । आधुनिक बियरको प्रवेश भने बेलायती प्रभावसँगै १९औं शताब्दीमा भएको मानिन्छ ।

अन्त्यमा हास्य अभिनेता मनोज गजुरेलको भनाइ सापटी लिऔं, ‘मदिरा, स्वास्थ्य र स्वास्नी दुवैका लागि हानिकारक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?