+
+
Shares

मेलम्ची खानेपानी विकास समितिमा मन्त्री यादवको छड्के, १६ कर्मचारी अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १५:३७

३१ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् ।

पछिल्लो सयम कर्मचारीहरू कार्यालयमा उनुपस्थित रहने गरेको गुनासोपछि मन्त्री यादव, सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी सहितको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेको सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी हाजिर रहेको भेटिएको तथा मेलम्ची खानेपानी विकास समितिमा १६ जना गैर हाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।

‘मन्त्रीज्यूले गरेको आकस्मिक छड्के जाँचका क्रममा मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी गैर हाजिर भएको भेटिएको छ,’ पुरीले भने ।

छड्के अनुगमन पश्चात कर्मचारीको समय पालना र नियमितताको व्यवस्था मिलाउने, विद्युतीय हाजिर प्रणाली नभएकाले वैशाख २ गतेबाट सो व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिएका छन् ।

साथै, कार्यालय समयभित्र कार्यालयको काममा जानुपर्ने भएमा लकबुक राख्न निर्देशन दिइएको सहसचिव पुरीले जानकारी दिए ।

मन्त्री यादवले छड्के जाँचका क्रममा हाजिरी अवस्थामा भेटिएका विभाग एवं मेलम्चीका कर्मचारीहरूलाई कामका क्रममा हुने समस्याका विषयमा जानकारी समेत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?