+
+
Shares

चलचित्रले नेपाल-भारत सम्बन्धमा खेल्न सक्ने भूमिकाबारे दिल्लीमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १६:३६

नयाँ दिल्ली । नेपाल राजदूतावासको सहयोग र एभरेस्ट च्याम्बर अफ कमर्सको आयोजनामा यहाँको बाराखम्बा रोडमा तीन दिने ‘नेपाल फेस्टिभल २०२५’ सम्पन्न भएको छ । नेपाल र भारतीय फिल्मकर्मी वक्ताले सो अवसरमा आयोजित ‘भारत-नेपाल सम्बन्धमा सौम्यशक्तिको आयाम : चलचित्रको दृष्टिकोणबाट’ छलफल सत्रमा चर्चा गरे ।

वक्ताको रूपमा एसियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन नोएडाका अध्यक्ष सन्दीप मारवाह, फिल्म निर्माता तथा फेसन आइकन संजना जोन, स्वतन्त्र लेखक सन्तानु गांगुलीसहित नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अभिनेता दीपकराज गिरी सहभागी थिए ।

नोएडामा फिल्म सिटी समेत सञ्चालन गरेका मारवाहको उक्त फिल्म नगरीमा फिल्मको पठनपाठन र छायांकन हुने गरेको छ । जोनले महिला सशक्तिकरण, लैंगिक समानता र सामाजिक न्यायका विषयमा सिर्जनामार्फत कार्य गरिरहेकी छन् ।

उनले भारत, अमेरिका र विश्वका अन्य विभिन्न देशमा फेसन शो, कला कार्यक्रम र वृत्तचित्र निर्माण गर्दै सामाजिक परिवर्तनको सन्देश फैलाउँदै आएकी छिन् । फिल्म र फेसनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उनको दृष्टिकोणले उनलाई युवामाझ प्रेरणादायी पात्र बनाएको छ ।

गांगुली भारतका ख्यातिप्राप्त फिल्म क्युरेटर एवं स्वतन्त्र लेखक हुन् जो दक्षिण एशियाली क्षेत्रका विभिन्न फिल्म फेस्टिभसँग आबद्ध छन् । सांस्कृतिक कूटनीति र फिल्मबारे गहन अध्ययन र लेखन गरेका गांगुलीले भारत-नेपाल चलचित्र सहकार्यका लागि सशक्त आवाज उठाउँदै आएका छन् ।

सत्रको संयोजन नेपाली पत्रकार तथा अनुसन्धानकर्ता आकांक्षा शाहले गरेकी थिइन् । उनी अभिनेता नीर शाहकी छोरी तथा संचारकर्मी समेत हुन् । वक्ताले चलचित्र विकास बोर्डसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।

नेपालबाट भारतमा उक्त फिल्म सिटीमा फिल्म अध्ययनको लागि जाने विद्यार्थीको लागि छात्रवृृत्तिको समेत मौखिक सहमति भएको छ । कार्यक्रममा वक्ताले भारत नेपाल सम्बन्धमा फिल्मको भूमिकाबारे गहिरो विश्लेषण प्रस्तुत गरे । कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो ।

नेपाल र भारतबीचको सौहार्दपूर्ण सम्बन्धमा फिल्मले खेलेको भूमिका र भविष्यमा खेल्न सक्ने सम्भावनाबारे विवेचना भएको थियो । कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मासहितका सहभागी लगायतलाई अध्यक्ष डिसीले नेपाली चलचित्र छायांकनको सुन्दर स्थलहरुको जानकारी समेटिएको पुस्तक ‘फिल्मिङ ईन नेपाल’ ककप्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?