
३१ चैत, काठमाडौं । सम्बन्ध बिग्रिएपछि आफन्तलाई अश्लील भिडिओ–फोटो पठाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ सातधुेर घर भएकी ३० वर्षीया बिन्दु परियार छिन् ।
उनलाई इन्टरपोल शाखाको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । मलेसियाबाट नेपाल आउँदै गर्दा उनी विमानस्थलमै पक्राउ परेकी हुन् ।
सामाजिक सञ्जालमार्फत चिनजान भएका एक विवाहित युवकसँग सम्बन्ध रहेको र सम्बन्ध बिग्रेपछि उनले ती युवकका अश्लील भिडिओ र फोटो उनको परिवारलाई पठाएको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4