+
+
Shares

०८२ साल नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ : पूर्वराजा शाह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १७:२२

३१ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन् ।

नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन् ।

‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ । र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

पूर्वराजा शाहले नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

‘अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन्,’ पूर्वराजा शाहले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?