+
+
Shares

वार्ताको लागि हिँडेको शिक्षक महासंघको टोली बीचबाटै फर्कियो*

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १५:२८

३१ चैत, काठमाडौं । सरकारसँग वार्ताको लागि शिक्षा मन्त्रालय हिँडेको शिक्षक महासंघको टोली बीचबाटै फर्किएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताको लागि महासंघको टिमको नाम सिंहदरबार प्रवेशको लागि गेटमा नाम टिपाएको थियो ।

तर अन्तिममा वार्तामा नआएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । ‘नाम गेटमा टिपाएको हो । दुई तीन जना आउनु भयो तर बीचमा आउँदा आउदै फर्किनु भयो । वार्ता टोलीसँग बस्नु भएन,’ मन्त्रालयका एक अधिकारीले भने । सबै तयारी भएर ब्याक हुनुभयो ।’

सरकारी वार्ता टोली अहिले पनि महासंघको टोली कुरेर मन्त्रालयमा बसिरहेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्तामा सहभागी नभएको बताए ।

‘अहिले मन्त्रालय र महासंघबीच कुनै वार्ता नभएको कुरा जानकारी गराउँछौं,’ उनले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

* सच्याइएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?