
३१ चैत, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
मुत्यु हुनेमा मनहरी गाउँपालिका–५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङ रहेका छन् ।
आइतबार दिउँसो करिब ४ बजेको समयमा मनहरी–५ बसन्तपुरस्थित राप्तीखोलाको किनारमा ५ नम्बर वडाकै डिल्लीपुरबाट घरतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । चट्याङबाट उनका बुबासहित एक जना बालक घाइते भएका छन् ।
मृतक अबिरलका बुबा सिंहबहादुर थिङ (५६) र ५ नम्बर वडा डिल्लीपुर बस्ने हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले घाइते भएको डीएसपी अर्यालले बताए ।
उनीहरूलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4