
३१ चैत, काठमाडौं । ९ लाख रुपैयाँ नगद र चेकसहित हुण्डी कारोबार गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० बागडाँडा बस्ने १९ वर्षीया करिना देवकोटा छिन् ।
उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२२ न्यूरोडमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीलाई ९ लाखसहित उनलाई पक्राउ गरेको हो ।
उनीबाट ६ लाख रुपैयाँ बराबरको चेक पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4