+
+
Shares

हर्टिकल्चर एक्स्पोमा सवा करोडको कारोबार 

बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘हर्टिकल्चर एक्स्पो’ मा सवा करोड बढीको कारोबार भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १९:२९

३१ चैत , काठमाडौं । १ करोड २५ लाख बढीको कारोबासँगै दोस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८१’ सम्पन्न भएको छ ।

नर्सरी व्यवसायी संघ नेपालले बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक्स्पोमा सवा करोड बढीको कारोबा भएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविनकुमार गौतमले जानकारी दिए ।

संघका अनुसार सबैथरीका बोटबिरुवा, कृषि औजार, मल खाद्यान्न, परामर्श सबै एकै ठाउँमा भएकाले मेलाप्रति सबैको आकर्षण रह्यो । नर्सरी व्यवसायीले आफ्ना उत्पादन प्रदर्शन गर्न पाउने र बोटबिरुवाका सौखीन उपभोक्ताका लागि एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको संघ अध्यक्ष रामजीप्रसाद तिमिल्सिेनाले बताए ।

एक्स्पोमा कृषिवन, जडीबुटी, फलफूल प्रदर्शनी गरिएकाले अवलोकनकर्ताको संख्या बढेको अध्यक्ष तिमिल्सिेनाले बताए । चार दिन चलेको एक्स्पोमा ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगेका थिए ।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषिवन नर्सरी तथा जडिबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको थियो । मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिको समेत स्टल राखिएको मेलामा ७४ वटा व्यावसायिक, ३ फुड, ७ अफिसियल तथा प्रतिस्पर्धाका ५ स्टल थियो ।

पुष्प विकास केन्द्र, वनस्पति विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश एक्स्पोको सहआयोजक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?