+
+
Shares

तुलसी घिमिरेको ‘पहाड’ तिहारमा विश्वभर रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १०:०३

काठमाडौं । तुलसी घिमिरे निर्देशित प्रतीक्षित फिल्म ‘पहाड’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म तिहार भाइटीकाको भोलिपल्ट शुक्रबार कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउनेछ ।

उक्त मितिमा यो फिल्म नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने जानकारी वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले दिएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।

यो फिल्म भारतमा पनि सोही मितिमा आउने सेभेन सिजका प्याट्रिक सुवेदीले जानकारी दिए ।

पोस्टरमा फिल्मका शीर्ष कलाकारलाई उनीहरूको चरित्र चित्रणमा प्रस्तुत गरिएको छ । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेणुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यको अभिनय छ । घिमिरेकी कान्छी छोरी पञ्चमीले पनि यसैबाट डेब्यु गरेकी छन् ।

रिम्पोछे लामा थिङ् र सुरेश लामा थिङ सहनिर्माता रहेको फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ । पछिल्लो पटक ‘दर्पणछायाँ २’पछि घिमिरे निर्देशनमा फर्किन लागेका हुन् ।

यो फिल्मले दक्ष युवाशक्ति विदेशिँदा पहाड रित्तिएको र त्यसले समाज र अर्थतन्त्रमा पार्ने असरको कथा यसमा समेटिएको छ । यो फिल्मलाई रिम्पोछे लामा थिङ र सुरेश लामा थिङले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?