+
+
Shares

नगरकोट भ्रमण वर्ष सुरु, ११ लाखले भ्रमण गर्ने लक्ष्य

रासस रासस
२०८२ वैशाख १ गते १३:२५

१ वैशाख, भक्तपुर । ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आजदेखि सुरु भएको छ । नपाली नयाँ वर्षको अवसर पारेर आजदेखि नगरकोटमा उक्त भ्रमण वर्ष आरम्भ भएको हो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायणका साथै मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गरिएको हो । आज पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्‍याली प्रदर्शन गरिएको छ ।

विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न हजारौं पर्यटक आइतबार नगरकोट पुगेका थिए ।

‘नगरकोटमा लाखौं पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौं,’ नगर प्रमुख खत्रीले भने । घरेलु उत्पादनका ६० कक्ष यहाँ राखिएका छन् । भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने उनको भनाइ छ । भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रित संयुक्त कार्यक्रम सञ्चालन हुने तथा वडास्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।

भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौंको शङ्खरापुर नगरपालिकाका होटल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ ।

नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौं–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।

भ्रमण वर्षमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक नगरकोट भित्रने अपेक्षा आयोजकको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?