+
+
Shares

प्रेमकथामा फिल्म ‘पुष्पलता’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १३:४३

काठमाडौँ । ओम वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा कथानक फिल्म ‘पुष्पलता’ बन्ने भएको छ । नयाँवर्ष २०८२ को अवसरमा घोषित फिल्मलाई सुनिल निउरेले लेखन तथा निर्देशन गर्नेछन् ।

प्रेमकथामा बन्ने यो फिल्मको कलाकार सार्वजनिक गरिएको छैन । पछिल्लो समय बनिरहेका लभस्टोरी फिल्मभन्दा भिन्न कथावस्तुमा फिल्म बन्ने निर्देशक निउरेले बताए ।

थुप्रै फिल्ममा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठूलो पर्दामा यो डेब्यु हुनेछ । चलचित्रको दुई थिम पोस्टर समेत सार्वजनिक गरिएको छ ।

फिल्ममा कास्टिङ डाइरेक्टर संजोग रसाइली छन् । हर्क साउदको शब्द, सुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत हुनेछ । प्रोडक्सन डिजाइनर प्रकाश हमाल छन् ।

लभस्टोरी र पारिवारिक कथामा बन्ने फिल्मको छायांकन भदौदेखि गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?