
काठमाडौं । फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रालिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बनजंग शाही निर्माताको रुपमा छन् ।
यो फिल्मको छायांकन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । फिल्मका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन । यसअघि फिल्म ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए ।
यो फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब, ओम आफै ‘ढुकढुकी’ नाममा फिल्म बनाउन अगाडि सरेका छन् । ओमले निर्देशन गरेको तथा चुम्बनजंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ ।
यो फिल्मको रिलिजपछि फिल्म ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया 4