
१ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको चैता २०८१ सम्मको साँवाब्याजको किस्ता भुक्तानी गरेको छ ।
निगम प्रवक्ता सुवाष डांगीका अनुसार दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्न लिएको ऋणको चैत महिनाको किस्ताबापत न्यारो बडीको पूरै र वाइड बडीको आंशिक गरी कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको हो ।
पछिल्लो पटक व्यवस्थापनले चैत मसान्तसम्म कुल ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ भुक्तानी गरिसकेको समेत निगमले जनाएको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न ऋण लिएको थियो । ऋण सोही दुई निकायलाई भुक्तानी हुने गरेको छ ।
किस्ता संख्या बढाएर र ब्याज, हर्जाना तथा पेनल छुट गरी सहयोग गर्न ती निकायमा आग्रह गरिएको समेत निगमले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4