१ वैशाख, काठमाडौं । आवासीय चिकित्सकको विषयलाई लिएर नेपाल चिकित्सक संघले दुई बुँदे माग राखी ७२ घण्टे अल्टिमेटम दिएको छ । चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) को सिट र निर्वाह भत्ता विवादको समाधानका लागि कतैबाट पहल नभएको गुनासो चिकित्सक संघको छ ।
आयोगको १७औँ बैठकबाट पीजीमा थपिएको सिट संख्या नघटाई म्याचिङ प्रक्रिया अघि बढाउनु पर्ने माग संघको छ । संघको अर्को मागमा हाल पीजी अध्ययनरत चिकित्सक र अब अध्ययन गर्ने आवासीय चिकित्सक सबैले आठौं तह बराबारको निर्वाह भत्ता तत्काल पाउनु पर्ने रहेको छ ।
यो माग ७२ घण्टा अर्थात ३ दिनभित्र सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा उत्रिन देशभरका चिकित्सकलाई चिकित्सक संघले आह्वान गरेको छ ।
प्रतिक्रिया 4