+
+
Shares

बागलुङ जिप दुर्घटना : घाइते सबैको पहिचान खुल्यो

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ११ जना घाइतेहरूको पहिचान खुलेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १७:००

१ वैशाख, काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका-२ स्थित कटेरीमा भएको जिप दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ ।

सोमबार दिउँसो ग१ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा  घाइते भएका ११ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा गलकोट नगरपालिका-१ की ३० वर्षीया मुना विक, जुम्लाको कन्का सुन्दरी गाउँपालिका-२ का २६ वर्षीय प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका-६ का ३२ वर्षीय सुदर्शन कुसारी, बागलुङको तमानखोला-१ का २९ वर्षीय सचिन विक, सोहो ठाउँ बस्ने ६३ वर्षीया इन्द्रकुमारी गिरी, ५२ वर्षीया मनसरी शेरचन, बागलुङको तमानखोला गाउँपालिका-२ की २० वर्षीया झरना गिरी रहेका छन् ।

यसैगरी घाइते हुनेहरूमा बागलुङको तमानखोला गाउँपालिका-१ की २५ वर्षीया बसन्ती मगर, बागलुङको तमानखोला गाउँपालिका-१ का २७ वर्षीय जिप चालक सुशील रसाइली रहेका छन् ।

यसैगरी घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ का २३ नवीन मल्ल र बागलुङको तमानखोला गाउँपालिका-१ का १२ वर्षीय मनी मगर रहेका छन् ।

घाइते मध्ये २ जनालाई थप उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?