
१ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई दुई वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गरिने प्रक्रिया अघि बढाइएको छ ।
अध्यागमन विभागले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई दुई वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गर्न लागेको छ । यसका लागि कागजात गृहमा पठाइएको र गृहले समेत सहमति जनाउँदै फाइल सदर गरेको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले बताए । अबको एक/ दुई दिनमै डिपोर्ट हुने उनको भनाइ छ ।
जुलियन कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ चैतमा गरेको प्रदर्शनमा उनी माइतीघरमा सहभागी भएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागलाई बुझाएको थियो ।
सरकारले घिसिङलाई हटाएर प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि घिसिङको पक्षमा प्रदर्शन हुँदै आइरहेको छ ।
बयानका क्रममा भने जुलियनलाई आफूले त्यस्तो कुनै झन्डा बोक्ने र प्रदर्शनमा उत्रने सोच नभएको तर घुम्दै त्यहाँ पुगेका बेला कसैले दिएको झन्डा बोकेको बताएको एक अधिकृतले बताए ।
प्रतिक्रिया 4