
काठमाडौं । अभिनेता तथा मोडल पल शाह अब फिल्म निर्माता बन्ने भएका छन् । नयाँवर्ष २०८२ को अवसरमा शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’ निर्माणको घोषणा गरियो ।
पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मलाई विकास सुवेदीले निर्देशन गर्नेछन् । सुवेदीले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
पारिवारिक कथावस्तुमा फिल्म बन्ने जनाइएको छ । पटकथा पनि सुवेदीकै हुनेछ । उनले सामाजिक कथावस्तुमै अघिल्ला फिल्म लेखेका थिए । ‘यानीमाया’लाई आफ्नै शैलीमा बनाउन लागेको उनले जनाए ।
अभिनेता शाहले पनि दर्शकले माया दिएको भन्दै अब आफू फिल्म निर्माणमा अगाडि बढेको बताए । छायांकन असारबाट सुरु गरिने भएको छ । कलाकार तय गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए ।
प्रतिक्रिया 4