+
+
Shares

‘रामायण’ सिरियलका रामले गरे पशुपतिनाथ दर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १९:१२

काठमाडौं । चर्चित हिन्दी धारावाहिक टिभी श्रृंखला ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गर्ने भारतीय अभिनेता तथा लोकसभा सांसद अरुण गोविल अहिले काठमाडौंमा छन् ।

पत्नी तथा अभिनेत्री श्रीलेखा र केही सहयोगीसहित नेपाल आएका उनले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरे ।

‘आज मलाई पवित्र धाम भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य मिल्यो । महादेवको यो दिव्य भूमिमा पुगेर अद्वितीय आध्यात्मिक शान्ति महसुस गरें । हर हर महादेव ! भगवान रामको जय होस्’ उनले सामाजिक संजालमा लेखेका छन् ।

रामानन्द सागरको चर्चित टिभी सिरिज ‘रामायण’पछि उनी विश्वभर चर्चित बने । पहेली, सावनको आने दो, हिम्मतवाला, आर्टिकल ३७० जस्ता कथानक फिल्ममा उनले अभिनय गरेका छन् । फिल्म ‘आर्टिकल ३७०’मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् ।

सन् २०२४ मा सम्पन्न भारतीय लोकसभाको चुनावमा उनले मिरुतबाट सांसद पद जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?