+
+
Shares
सेलिब्रेटी :

पपस्टार केटी पेरीसहित ६ महिला अन्तरीक्षमा पुगेर फर्किए

११ मिनेटको यो अन्तरीक्ष यात्राले पृथ्वी र अन्तरीक्षलाई विभाजन गर्ने कार्मन रेखा पार गरेको विवरणमा जनाइएको छ । त्यो क्याप्सुल २,३०० माइल प्रतिघण्टाको गतिमा उडेको थियो, जुन ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १९:५९
टेक्ससमा अवतरण गरेपछि पपस्टार केटी पेरी ।

काठमाडौं । पपस्टार केटी पेरीसहित ६ महिला अन्तरीक्षमा पुगेर नेपाली समयानुसार सोमबार बेलुका पृथ्वीमा फर्किएका छन् ।

धनाढ्य जेफ बेजोसको ब्लु ओरिजिन रकेटमा चढेर पेरीसहित प्रसारक गेली किङ, पत्रकार लरेन सान्चेज, रकेट वैज्ञानिक आइशा बोवे, नागरिक अधिकार कार्यकर्ता अमान्डा गुयेन र फिल्म निर्माता केरियान फ्लिन अन्तरीक्षमा पुगेका थिए ।

अन्तरीक्षबाट फर्किएपछि पृथ्वीलाई चुम्बन गर्दै केटी पेरी ।

टेक्सासमा अवतरण गरेको ब्लु ओरिजिनको क्याप्सुलबाट बाहिरिएपछि सबै महिलाले निकै खुसी प्रकट गरे । पपस्टार पेरीले क्याप्सुलबाट निस्किएपछि पृथ्वीलाई चुम्बन गरिन् ।

११ मिनेटको यो अन्तरीक्ष यात्राले पृथ्वी र अन्तरीक्षलाई विभाजन गर्ने कार्मन रेखा पार गरेको विवरणमा जनाइएको छ । त्यो क्याप्सुल २,३०० माइल प्रतिघण्टाको गतिमा उडेको थियो, जुन ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?