+
+
Shares

सुनसरीको देवानगञ्जमा गोली चल्यो, दुई घाइते

प्रहरीका अनुसार देवानगञ्ज–२ को यादव टोलदेखि पश्चिम रासी जाने बाटोमा गोली प्रहार भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते २०:४३

१ वैशाख, सुनसरी । सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने देवानगञ्ज गाउँपालिका–२ मा गोली प्रहारबाट दुई जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यायल सुनसरीका प्रमुख धर्मेन्द्रकुमार मिश्रका अनुसार घाइते दुवैलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

घाइतेमध्ये एकजनाको पेटमा गोली लागेको प्रजिअ मिश्रले जानकारी दिए । सुरक्षाकर्मीसहित प्रजिअ मिश्र अहिले घटनास्थलतर्फ गइरहेका छन् ।

‘गोली प्रहार भएको खबर सुनेपछि हामी घटनास्थलतर्फ जाँदै छौं,’ प्रजिअ मिश्रले अनलाइनखबरसँग भने, ‘दुई जना घाइते भएको, एकजनाको पेटमा गोली लागेको र अर्का एक सामान्य घाइते छन् । दुवैलाई उपचारका लागि विराटनगरस्थित नोबल अस्पतालमा पुर्‍याइएको छ ।’

प्रहरीले गोली प्रहार गर्ने र घाइते कसैको पनि पहिचान खुलेको छैन । प्रहरीका अनुसार देवानगञ्ज–२ को यादव टोलदेखि पश्चिम रासी जाने बाटोमा गोली प्रहार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?