+
+
Shares

देवानगञ्ज गोली प्रहार घटनाः घाइतेको पहिचान खुल्यो, गोली प्रहार गर्ने फरार

सोमबार साँझ मोटरसाइकलमा यात्रा गरिरहेकाहरु माथि देवानगन्ज बजारमा गोली प्रहार भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते २१:०७

१ वैशाख, विराटनगर । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका दुवैको पहिचान खुलेको छ ।

प्रहरी स्रोतका अनुसार घाइतेमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहता छन् ।

सोमबार साँझ मोटरसाइकलमा यात्रा गरिरहेका बेला शिवकुमार र पिन्टुमाथि देवानगन्ज बजारमा गोली प्रहार भएको हो ।

देवानगन्ज–७ कै कामेश्वर नाम गरेका व्यक्तिले गोली हानेको प्रहरीले स्रोतले जनाएको छ । गोली प्रहारपछि उनी फरार भएका छन् । गोली प्रहारको कारण खुलेको छैन । शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार घटनामा तीन जना घाइते भएका छन् । दुई जनालाई गोली लागेको हो भने एकजना लडेर घाइते भएका हुन् । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

देवानगञ्ज सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्छ । जिल्ला प्रशासन कार्यायल सुनसरीका प्रमुख धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थल गइरहेको छ ।

‘गोली प्रहार भएको खबर सुनेपछि हामी घटनास्थलतर्फ गइरहेका छौं,’ प्रजिअ मिश्रले अनलाइनखबरसँग भने, ‘घटनामा गोली लागेर दुई जना घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित नोबल अस्पतालमा उपचार भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?