+
+
Shares

प्रोजेक्ट अभयको ‘अभय संवादः शक्ति र प्रगतिको पुनर्परिभाषा’ सम्पन्न

सात प्रदेशका ४९ जिल्लाबाट आएका १२८ सहभागीले समावेशीपन, सहानुभूति र सहकार्यमा आधारित नयाँ नेतृत्व मूल्यहरूबारे गहन छलफल गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १६:०८

काठमाडौं । राजनीतिक अनिश्चितता र बढ्दो असन्तोषबीच, युवाहरूको शक्ति र नेतृत्वप्रतिको धारणा पुनः परिभाषित गर्ने प्रयासस्वरूप प्रोजेक्ट अभय द्वारा ‘अभय संवादः शक्ति र प्रगतिको पुनर्परिभाषा’ शीर्षकको राष्ट्रिय फोरम शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको अभय संवाद आरबी डाइमन्ड ज्वेलर्सको सहकार्यमा सम्पन्न भएको हो । जसमा सातै प्रदेशका ४९ जिल्लाबाट ७२ महिला र ५८ पुरुष गरी १२८ सहभागीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नेतृत्व उपाधि नभएको बताइन् । उनले भनिन्, ‘नेतृत्व उपाधि होइन, बोल्नुपर्ने बेलामा मौन नबस्ने प्रतिबद्धता हो ।’ कृति अधिकारीको संयोजनमा भएको संवाद सत्रले समावेशीपन, सहानुभूति र सहकार्यमा आधारित नयाँ नेतृत्व मूल्यहरूबारे गहन छलफल गरेको छ ।

यसैगरी, पत्रकार सौगात गौतमको संयोजनमा भएको ‘नीति, आन्दोलन र सहभागिता बीचको अन्तरसम्बन्ध’ शीर्षकमा पूर्वपरराष्ट्र मन्त्री विमला राई पौड्याल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराई र राजनीतिकर्मी पुकार मल्लले युवाहरू नै नेतृत्वका प्रेरक शक्ति भएको उल्लेख गरे ।

अर्का राजनीतिकर्मी अब्दुस मियाँले समावेशी शासनमा बहिष्कृत आवाजको स्थान सुनिश्चित गर्नुपर्ने बताए । मियाँले भने, ‘जबसम्म सबैभन्दा बहिष्कृत समुदायहरू नीतिनिर्माणको केन्द्रमा हुँदैनन्, विकास अधुरो नै रहन्छ ।’

‘शक्ति कसको हातमा छ ?’ शीर्षकमा सामाजिक सञ्जाल प्रभावक रैना बस्नेतको सहजीकरणमा भएको शत्रमा डिजिटल साक्षरता प्रशिक्षक यजस्वी राई, उद्यमी सन्तोष पाण्डे, नीति अनुसन्धानकर्ता तथा नागरिक शिक्षा अभियन्ता प्रसुज मैनाली र युवा राजनीतिकर्मी जैस्मिन ओझाले शक्ति संरचना र यसको स्वरूपबारे सशक्त बहस गरेका थिए । जसमा वक्ताहरूले शक्ति प्रणालीमा मात्र नभएर कथाहरूमा पनि रहनेमा जोड दिएका थिए ।

कार्यक्रमको समापन गर्दै प्रोजेक्ट अभयका संस्थापक एवं अध्यक्ष इशिका पन्तले यो संवाद आन्दोलनको सुरुवात भएको बताइन् । पन्तले भनिन्, ‘जब हामी युवालाई नेतृत्व सुम्पन्छौं, हामी भविष्य तयार गरिरहेका मात्र होइन, वर्तमानलाई रूपान्तरण गरिरहेका हुन्छौं । कार्यकारी सदस्य निष्ठा श्रेष्ठले थपिन्, ‘जबसम्म हरेक आवाजले सही स्थान पाउँदैन त्यतिबेलासम्म हामी सही प्रश्नहरू उठाइरहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?