+

इस्ट्रिया बाई युटिएमबीमा नेपालका सुमन कुलुङ दोस्रो

२०८२ वैशाख  १ गते २३:१२ २०८२ वैशाख १ गते २३:१२
इस्ट्रिया बाई युटिएमबीमा नेपालका सुमन कुलुङ दोस्रो

१ बैशाख, काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङ युरोपमा भएको इस्ट्रिया बाई युटिएमबी रेसको ६९ किमी पुरुषतर्फ दोस्रो भएका छन् ।

क्रोएसियाको इस्ट्रियामा भएको यस रेसमा सुमनले निर्धारित दूरी ५ घण्टा ४६ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै दोस्रो बनेका हुन् । दोस्रो भएका सुमन अर्को वर्ष फ्रान्समा हुने युटिएमबी रेसका लागि छनोट भएका छन् ।

स्वीट्जरल्याण्डका तोबिएस बागेन्टोसले ५ घण्टा २६ मिनेट ३१ सेकेण्डमा रेस पूरा गर्दै पहिलो भए । ५ घण्टा ५४ मिनेट १९ सेकेण्डमा समयम लगाएका इटलीका डोनाटेलो रोटा तेस्रो भए ।

अल्ट्रा रेस इस्ट्रिया बाई युटिएमबी सुमन कुलुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय