
२ वैशाख, काठमाडौं । आज केही तरकारी तथा मसलाको थोक मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भिण्डी, काँक्रो, भेडे खुसर्सानी, हरियो लसुन र कन्य च्याउको मूल्य बढेको हो ।
आज हरियो लसुनको मूल्य अत्यधिक बढेको छ । सोमबार ५५ रुपैयाँ किलो कारोबार भएको लसुनको मूल्य आज ८५ कायम गरिएको छ ।
आज भिण्डीको मूल्य किलोको ८० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार यसको मूल्य ६५ थियो । यस्तै, हाइब्रिड काँक्रो किलोमा १० रुपैयाँ बढेर ४५ पुगेको छ ।
आज भेडे खुर्सानी ९० बाट बढेर १०५ रुपैयाँ किलो कारोबार भएको छ । कन्य च्याउको मूल्य पनि थोरै बढेको छ । कन्य च्याउको मूल्य १५० बाट १५६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4