
२ वैशाख, काठमाडौं । पियोर इनर्जीको आईपीओ भर्ने अन्तिम दिन बाँकी रहँदा १६ गुणा बढी आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा कुल १ करोड ९२ लाख ९४ हजार ७६० कित्ता आवेदन माग भएको छ । कम्पनीले ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन माग गरेको थियो ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत आजसम्म यसमा आवेदन दिन सकिनेछ बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।
पियोर इनर्जी कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारण समूहको निष्कासन हुन लागेको हो ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ ।
दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८२ पैसा छ । प्रतिसेयर आम्दानी ३८ पैसा मात्रै छ । कम्पनी सञ्चित नोक्सानीमा छ । पुस मसान्तसम्म सञ्चित भएको नोक्सानी रकम २ करोड ३ लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4