+
+
Shares

शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते ११:४५

२ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा जुटेका हुन् ।

सिंहदरबारस्थिर अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ ।

शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लिग मन्त्रीहरुको बैठक बसेको हो ।

अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि आज मन्त्रीहरू छलफलमा जुटेका हुन् ।

शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । यसले गर्दा भर्ना अभियानका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?