
काठमाडौं । २०८१ सालमा सबैभन्दा धेरै कमाउने सातौं नेपाली फिल्म ‘घरज्वाइँ’ युट्युबमा सार्वजनिक भएको छ । नयाँवर्ष २०८२ को अवसर पारेर निर्माताले यो फिल्मलाई इन्टरनेट प्लाटफर्ममा ल्याएका हुन् ।
अनिल बुढामगर निर्देशित र जनक घर्तीमगरको निर्माण रहेको यो फिल्मले घरेलु बक्सअफिसमा ५ करोड ९ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै फिल्मलाई १० लाखभन्दा धेरै पटक हेरिएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै निर्माता घर्तीमगरले ‘घरज्वाइँ’को दोस्रो श्रृंखला निर्माण हुने बताए । दयाहाङलाई लिएर जनकले यसवर्ष ‘मीतज्यू’ फिल्म बनाउँदैछन् । त्यसपछि ‘घरज्वाइँ’को दोस्रो श्रृंखला छायांकन तयारी छ ।
‘सिक्वेलको स्क्रिप्ट तयार छ । मीतज्यूको काम सकिएलगत्तै छायांकनमा जानेछौं’ उनले भने । मगर समुदायको संस्कृति र परम्परामा आधारित रहेर बनेको ‘घरज्वाइँ’ले दर्शकबाट राम्रो प्रतिक्रिया पनि बटुलेको छ ।
प्रतिक्रिया 4