
काठमाडौं । २०८१ सालमा धेरै कमाउने मध्येको फिल्म ‘छक्कापञ्जा ५’ ओटीटीमा रिलिज भएको छ । नयाँवर्ष २०८२ सालको अवसरमा दीपकराज गिरी स्टारर फिल्म ‘एमएसएम’ ओटीटीमा स्ट्रिमिङ सुरु भएको हो ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले गतवर्ष १५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । हलमा समेत राम्रो कमाइ र समीक्षा प्राप्त गरेको यो फिल्मलाई अन्ततः इन्टरनेट प्रयोगकर्ताले उक्त ओटीटीमा सशुल्क हेर्न पाउने भएका हुन् ।
नयाँ नेपाली फिल्म हलमा आएको केही महिनामै दर्शकले यो प्लाटफर्ममा फिल्म हेर्न पाइरहेका छन् । ‘छक्कापञ्जा’को पाँचौ श्रृंखलामा दीपकसहित केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे लगायतको अभिनय छ । दीपाश्री निरौलाले फिल्म निर्देशन गरेकी हुन् ।
पछिल्लो समय ‘एमएसएम’ ओटीटीले धमाधम नेपाली फिल्म स्ट्रिमिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4