+
+
Shares

गण्डकी, कर्णाली र सुदूरपश्चिम एक महिनादेखि डीआईजीविहीन, एसएसपीको कमान्डमा प्रदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १२:४३

२ चैत, काठमाडौं । तीन वटा प्रदेश प्रहरी कार्यालय करिब एक महिनादेखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) विहीन भएका छन् ।

प्रदेश प्रहरी प्रमुखको रुपमा रहने डीआईजी अवकाशमा गएपछि तीन प्रदेशको कमाण्ड एक महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले गरिरहेका छन् ।

डीआईजी विहीन हुनेहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय छन् । यी तीन वटै प्रदेशका डीआईजीहरु ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।

सुदूरपश्चिम प्रदेशका डीआईजी गणेश चन्द ४ चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएयता उक्त प्रदेश डीआईजी बिहिन छ ।

कर्णाली प्रदेश पनि एक महिनाभन्दा बढी समयदेखि डीआईजीविहीन छ । कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएर प्रदेश समन्यव विभागमा हाजिर भएका थिए । त्यसयता कर्णाली प्रदेश डीआईजीविहीन छ । केही दिनका लागि एआईजी बनाइएका भट्टराई पनि ३० वर्षे सेवा अवधिका कारण ४ चैतमा अनिवार्य अवकाशमा गएका थिए ।

गण्डकी प्रदेशका भोलाबहादुर रावल पनि ४ चैतमै अनिवार्य अवकाशमा गएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पनि डीआईजीविहीन बनेको छ ।

पहिला एआईजीको बढुवा गरेपछि मात्रै डीआईजीको बढुवा गर्ने तयारी रहेकाले अझै लामो समय प्रदेशहरु डीआईजीविहीन हुने देखिन्छ ।

अहिले गण्डकी प्रदेशको कमाण्ड एसएसपी महेन्द्र खड्काले गरिरहेका छन् । कर्णालीको कमाण्ड एसएसपी शिवकुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेशको कमाण्ड एसएसपी प्रकाश मल्लले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?