+
+
Shares

थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन् । उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १२:४७

२ वैशाख, काठमाडौं । थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन् । उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको टनेल गेटबाट ६ किलो ९७० ग्राम गाँजासहित उनी पक्राउ परेका हुन् ।

थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई जाँच गर्ने क्रममा लगेजबाट उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?