+
+
Shares
बक्सअफिस :

प्रकाश सपुतको ‘वसन्त’को कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १३:३५

काठमाडौं । प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको छ । यद्यपि, फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा फिल्मले प्रदर्शनको ११ औं दिन सोमबारसम्म १ करोड ७७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

यो फिल्म चैत २२ गते रिलिज भएको थियो । फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा खड्का, प्रकाश सपुत लगायतको अभिनय छ । रिलिजअघि निकै हाइप बटुलेको फिल्मले अपेक्षाकृत ओपनिङ भने गर्न सकेन ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो फिल्मले जातिय समानताको कथा पेश गर्छ । निर्देशक तथा अभिनेता सपुतले कथामा निजत्व घोलेर फिल्म बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?