+
+
Shares

दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १३:५९
अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पताल र चितवन मेडिकल कलेज

२ वैशाख, काठमाडौं । चितवनमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालको मनोचिकित्सा विभाग र चितवन मेडिकल कलेजको मुख्य आयोजनामा आगामी वैशाख १८ देखि २० गतेसम्म सम्मेलन हुन लागेको हो ।

हार्वर्ड मेडिकल स्कुल, ओस्लो विश्वविद्यालय, अमेरिका नेपाल हेल्थ फाउण्डेशन, नेपाल अमेरिकन साइकियाट्रिक एसोसिएशन, हेल्थ फाउण्डेशन नेपाल, नेपाल इन्टिच्युड अफ मेनटल हेल्थ, महिला पुनर्वास केन्द्र लगायत अन्य संस्थाहरू सह–आयोजक रहेको उक्त सम्मेलनको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको पनि सहकार्य रहने बताइएको छ ।

आयोजक कमिटीका सदस्य अमेरिकाको बोस्टन स्थित हार्वर्ड मेडिकल स्कूलका उप–प्राध्यापक डा श्रीधर पौडेलका अनुसार सम्मेलनमा प्रभावकारी समतामूलक सामुदायिक मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उपायहरूको बारेमा छलफल हुनेछ ।

‘मनोरोग सम्बन्धी अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले नीति, नवीन अनुसन्धान र तीनका उपलब्धिहरू प्रस्तुत गर्ने छन्,’ उनले थपे, ‘स्थानीय स्वास्थ्यकर्मी भोगेका चुनौतीहरू माथि छलफल गर्दै प्रभाबकारी समतामूलक सामुदायिक मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उपायहरूमाथि पनि छलफल गरिने छ ।’

खुकुलो हुँदै गएको सामाजिक सम्बन्ध, बढ्दो बेरोजगारी, गरिबी, वैदेशिक रोजगारी गर्दा परिवारसँगको बिछोडका पीडा र अन्य समस्याहरूले नेपालीहरूको मानसिक स्वास्थ्य स्थिति विकराल बन्दै गएको तथ्यांक सार्वजनिक हुने गरेको छ । तर, अझै कयन मान्छेहरूले मानसिक समस्यालाई रोग नभइ कलंकको रुपमा लिने गर्दछन् ।

विश्वकै उत्कृष्ट विश्वविद्यालय र अनुसन्धान संस्था कार्यरत विज्ञहरूको सहभागिता रहने यो सम्मेलनबाट अत्याधुनिक मनोचिकित्सा एवं मानसिक स्वास्थ्य अनुसन्धान र उपचार प्रक्रिया बारेमा जानकारी पनि लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?