+
+
Shares
संगीत :

‘ऊनको स्विटर’को गीत ‘काफ्ले’मा मिरुना र विपिनको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १४:४७

काठमाडौं । बैशाख २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऊनको स्विटर’मा समावेश गीत ‘काफ्ले’ युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा झुमा लिम्बु र सुजन चापागाईंको स्वमा रहेको गीत सार्वजनिक गरियो ।

युवराज काफ्लेको शब्द रहेको गीतमा गायिका समेत रहेकी लिम्बुको संगीत छ । सार्वजनिक गीतको भाका र शब्द मीठो छ । यो गीतले दर्शकको मन जित्न सक्छ । फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बुको अभिनय छ ।

चापाँगाइको गीत निर्देशन रहेको फिल्ममा कोविद वर्जको संगीत, रोशन विक र दीप गुरुङको नृत्य, कृष्ण भण्डारीको सम्पादन छ ।

फिल्मलाई नविन चौहानले लेखन र निर्देशन गरेका हुन् । आर्टमाण्डु नेपाल प्रालिको निर्माण रहेको फिल्ममा सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?