+
+
Shares

नेटफ्ल्क्सि स्टार फ्रिडा गुस्ताभसन नेपालको पदयात्रामा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १६:०८
काठमाडौं विमानस्थलमा प्रशंसकसँग अभिनेत्री फ्रिडा गुस्ताभसन ।

काठमाडौं । चर्चित नेटफ्ल्क्सि श्रृंखला ‘भाइकिंग्स भल्हल्ला’बाट विश्वचर्चित अभिनेत्री फ्रिडा गुस्ताभसन दोस्रोपटकको पदयात्राको लागि यतिबेला नेपालमा छिन् । प्राप्त तस्वीरमा उनलाई काठमाडौं विमानस्थलको एक क्याफेअघि प्रशंसकसँग देख्न सकिन्छ । २ वर्षअघि पनि सगरमाथा क्षेत्रको पदयात्रामा आएकी फ्रिडा नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसक हुन् ।

जुन ६, १९९३ मा स्वीडेनको स्टकहोममा जन्मिएकी उनी स्विडेनी अभिनेत्री र पूर्व मोडेल हुन् जसले दुवै क्षेत्रमा प्रसिद्धी कमाएकी छन् । उनले पेरिसमा भ्यालेन्टिनोको हाउटे कउचर फल २०१२ मा रनवे नापिन् । सन् २०१२ मा च्यानल, डायर, म्याक्वीन र भिक्टोरियाज सेक्रेट जस्ता विश्वचर्चित फेसन ब्राण्डको लागि प्रस्तुति दिइन् ।

अभिनयको हिसाबले, उनले ‘द विचर’ (२०१९)मा भिसेनाको सानो भूमिकाबाट बलियो सुरुवात गरिन्, जसमा उनले जेराल्टकी आमाको भूमिका निर्वाह गरिन् । नेटफ्ल्क्सि श्रृंखला ‘भाइकिंग्स भल्हल्ला (२०२२-२०२४)’ सबैभन्दा चर्चित श्रृंखला हो, जसमा उनले फ्रेयडिस एरिक्सडोटिरको भूमिका निर्वाह गरिन् ।

त्यसका तीनै सिजनहरूमा एक मूर्तिपूजक योद्धाको रूपमा उनी देखिइन् । यसबाट उनले साहस र शारीरिकताको लागि प्रशंसा कमाएकी थिइन् । हालै, उनले इन्गमार बर्गम्यानको विरासतसँग जोडिएको नाटक श्रृंखला ‘फेथलेस’ (२०२४) मा मारियानको भूमिका निर्वाह गरेकोमा प्रशंसा पाएकी छिन्, जसले टोरन्टो फिल्म फेस्टिभलमा प्रशंसा कमायो ।

यसबाहेक स्विडेनबाट अस्करमा पुगेको फिल्म टाइगर्स (२०२०), डम्पायर (२०२२), र जोएल किन्नामनसँगको आगामी फिल्म ‘आइस फल’ (२०२५) उनका प्रोजेक्टमा सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?