+
+
Shares

सोबिता र अञ्जानलाई सम्मान गर्दै सभामुखले भने- अब आईपीयूमा हैसियतका साथ जान सक्छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १७:०६

२ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आइपीयू) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५० औं महासभाबाट नेतृत्व लिएका सोबिता गौतम र डा. अञ्जान शाक्यको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

यो उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा नोपालले आफ्नो महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

गत वर्षको चैत्र २० गते सभामुख घिमिरेसहितको ९ सदस्यीय टोली अन्तर व्यवस्थापिका संघको १५० औं वार्षिक सभामा भाग लिन उज्वेकिस्तान गएको थियो । उनले अन्तर्राष्ट्रिय महत्त्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा नेपाल पुगेको बताए ।

‘अब हामी कमसेकम पनि एउटा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा पुगेका छौँ । एशिया प्यासिफिकको भएपनि त्यसको भूमिका धेरै महत्त्वपूर्ण हुने ठाउँमा हामी पुगेका छौँ,’ सभामुख घिमिरेले भने, ‘आगामी दिनमा आईपीयूमा अब हामीले अलि हैसियतका साथ अगाडि जाने स्टेप (उपलब्धि) प्राप्ति भएको कुरामा म सबैको तर्फबाट यो उपलब्धिलाई सम्मान गर्दै यसमा जानुभएको माननीयज्यूहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?