
२ वैशाख, गाईघाट । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय भेषभूषा लगाउनुपर्ने भएको छ ।
गत चैत १ गते बसेको गाउँपालिका बैठकले उक्त निर्णय गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पालिकाभित्र बसोबास गर्ने जातिहरूको संस्कृति, पर्यटन र स्थानीय रैथाने ज्ञानसँग जोड्न तथा सिपलाई व्यापारसँग जोड्न पनि यस्तो निर्णय गरेका हौं। अब यहाँका हामी जनप्रतिनिधि र कर्मचारीहरूले आ-आफ्नो जातीय पोशाक लगाएरै कार्यालय आउँछौं। ‘
अध्यक्ष राईले यही वैशाख १ देखि लागू गरिए पनि कार्यान्वयनमा भने पहिलो हप्तादेखि आउने पालिका अध्यक्ष राईले जानकारी दिए ।
गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय भेषभूषा मा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् ।
‘पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको हो,’ अध्यक्ष राईले भने ।
गाउँपालिकाभित्रका जाति, भेषभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागु गरिएको उनको भनाइ छ । उक्त गाउँपालिकामा एक हजार ८७८ जनसङ्ख्या रहेको छ ।
हेर्नुहोस् पालिकाको विज्ञप्ति :
प्रतिक्रिया 4